close

कृष्णपुरका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण

कृष्णपुरका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण

Trulli
ADVERTISEMENT

कञ्चनपुर। कृष्णपुर नगरपालिका वडा नं ७ का ६५ जनालाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरले विगतका आयोग, समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि, २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा वितरण गरिएका हुन् ।

 भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरणकार्य गरिएको नगरप्रमुख हेमराज ओझाले बताए। ‘निर्वाचनका बेला नगरवासीलाई छिट्टै जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता गरेका थियौँ’, उनले भने, ‘प्रतिबद्धताअनुसार केही जग्गाधनी पुर्जा वितरणको कार्य गरिएको छ ।’

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा तयार गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले राजस्व निकै बढी भएकाले पुर्जा लिन सक्ने अवस्था नरहेकाले पुनःविचार गर्न मन्त्री चौधरीलाई आग्रह गरे। जग्गाधनी पुर्जा वितरण गर्ने कार्यको सुरुआत गरिएको चर्चा गर्दै उनले चाँडै अन्य वडामा पनि पुर्जा वितरणको कार्यलाई तीव्रता दिइने बताए।

 भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउँदा लाग्ने राजस्व बढी भएको जनगुनासो आएकाले त्यसलाई जनभावनाअनुसार घटाइने बताइन्।

‘जग्गाधनी पुर्जा उपलब्ध गराउँदा लाग्ने राजस्वबारे पुनःविचार गर्छौँ’, उनले भनिन्, ‘वर्षौँदेखि जग्गाको मालिक बन्न नसकेका व्यक्तिको जग्गा नापजाँचको कार्य गरी जग्गाको मालिक बनाउँछौँ ।