close

अवैध र्‍याम्पमा महानगरको डोजर

अवैध र्‍याम्पमा महानगरको डोजर

Trulli
ADVERTISEMENT

 चितवन । भरतपुर महानगरपालिकाले अनाधिकृत रुपमा निर्माण भएको र्‍याम्प भत्काएको छ । महानगरपालिकाले  त्रिचोकदेखि बुद्धचोक सडकखण्डमा निर्माण भएको अवैध र्‍याम्प भत्काईएको हो । 

महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार  सडकको साईकल लेनमा र्‍याम्प निर्माण भएकोले डोजरको प्रयोग गरी भत्काइएको हो । उनले महानगरले फलामे अस्थाई र्याम्प प्रयोग गर्न अनुरोध गरेको बताइन् । 

 महानगरपालिकाले नक्सा पास नगरी कुनै पनि संरचना नबनाउन आग्रह गरेको तर सुनुवाई नभएको उनले बताइन्। महानगरले अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गर्दै आएको जनाएको छ । सो सूचनालाई अटेर गरे कानुन प्रक्रियामा  जाने महानगरपालिकाले जनाएको छ ।