close

सडक छेउछाउको पार्किङ हटाउँदै पोखरा महानगर

सडक छेउछाउको पार्किङ हटाउँदै पोखरा महानगर

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाको सडकको दायाँबायाँ  हुँदै आएको पार्किङ हटाइएको छ । जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा महानगरपालिकाको पहलमा पृथ्वीचोकदेखि चाइनापुलसम्मको पार्किङ हटाएको हो ।  

सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजता सहित दुर्घटनाको समेत जोखिम बढेपछि महानगरपालिकाले त्यस क्षेत्रको अनधिकृत पार्किङ हटाइएको महानगरपालिकाले जनाएको छ। 

पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दुरीका बसहरु बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापनका लागि महानगरपालिकाले व्यवसायीहरुसँग समन्वय गरिरहेको छ । त्यस स्थानको पार्किङ हटाउनका लागि यस अघि नै महानगरले सूचना समेत जारी गरेको छ ।  आईतबार पोखरा महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय र व्यवसायीहरु समेतको सहयोगमा सो कार्य गरिएको हो ।