close

राप्रपाको कार्यालय हटाउन महानगरको निर्देशन

राप्रपाको कार्यालय हटाउन महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं-  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको  केन्द्रीय कार्यालय हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आइबारतसम्म धुम्बराहीस्थित राप्रपाको कार्यालय हटाउन माइकिङ गरेको हो । 

महानगरपालिकाका नगर प्रमुख राजुनाथ पाण्डेले राप्रपाको कार्यालयको भवनमा विद्युत प्रसारण लाइन मुनि रहेकोले हटाउन निर्देशन दिएको पालिकाखबरलाई बताए । उनले सो कार्यालयको भवन जोखिम रहेकोले हटाउन निर्देशन दिएको बताए । 
  
उनले सो कार्यालय हटाउन गत वर्ष नै सूचना टाँस गरेपनि नहटाइएको बताए । उनले भने, 'आइतबारसम्म पनि सो कार्यालय नहटाए महानगरपालिकाले डोजर प्रयोग गरी हटाउने छ ।'