close

भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा

भिटोफ नेपालको २७ औं स्थापना दिवस मनाउन लेलेमा

Trulli
ADVERTISEMENT

ललितपुर- गाउँ पर्यटन प्रवद्र्धन मञ्चको (भिटोफ नेपाल) आयोजना तथा पर्यटन मञ्चको ब्यवस्थापनमा लेलेको जयलकुमारी बालकुमारी महिला समूहका महिलाहरुलाई होमस्टे सञ्चालन पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

गाउँ पर्यटन प्रवद्र्धन मञ्चको १८ जना सदस्यहरुको टोलीले ललितपुर महानगरपालिका वडा नं २७ सुनागुठीमा अवस्थित भृगारेश्वर महादेवको दर्शन, बालकुमारी चौर, भिमसेन लगायतका पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गरेको थिए ।  पहिलो पटक सुनागुठी अवलोकन तथा भ्रमण गरेका आन्तरिक पर्यटकहरुलाई पथ प्रर्दशकको रुपमा विश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले स्थानीय सम्पदाहरुको बारेमा जानकारी दिएकी थिइन्।

सुनाकोठीको ऐतिहासिक प्राकृतिक सम्पदाहरुको अवलोकन पश्चात नेवारी परम्परा अनुसार विहानीको खानाको ब्यवस्था सुनागुठीको काजी छेँ: मा गरेको थियो । नेवारी परिकार चाकु र खुवाको योमरी सहितको विहानीको खाजा पश्चात भिटोफ नेपालका सदस्यहरु गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको लेलेमा पुगेको थियो ।

यहाँ रहेको जयलकुमारी बालकुमारी महिला समूहले धिमेबाजा सहित स्वागत गरेको थियो । बाजा गाजा सहित टिका र कोखाः लगाएर न्यानो स्वागत पश्चत गो ग्रिन भ्याली नेपालको सहयोगमा भिटोफ नेपालका सम्पूर्ण सदस्यहरुले लेलेको सार्वजनीक स्थानमा फलफूलका बोटविरुवा रोप्ने काम समेत भएकाे छ ।साथै पौरानिक ऐतिहासिक तिलेश्वर महादेव र सरस्वती कुण्डको भ्रमण अवलोकन गरेर स्थानीय महिला समूहलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्चको बारेमा जानकारी दिनुका साथै होमस्टे सञ्चालनकोबारेमा अन्तरक्रिया कार्यक्रम भएकाे जनाएकाे छ । 

भितोफ नेपालका सदस्यहरुले जयलकुमारी बालकुमारी महिला समूहलाई पाँच हजार सहयोग गरेर लेलेबाट विदाई गरेका थिए । यहाँबाट फर्किने क्रममा बाटोमा पर्ने बज्रबाराही मन्दिर र ठेचोको पुरातात्विक सम्पदाहरु बालकुमारी, नवदुर्गा लगायतका स्थानहरुको भ्रमण गरेर फर्केको थियो । यसरी भिटोफ नेपालको २७ औं स्थापना दिवस ललितपुरको अवलोकन भ्रमण गरेर मनाएको थियो ।