close

पालिका अध्यक्षले सार्वजनिक बिदा हो र प्रमुख प्रशासकीय अधिकृतले होइन भन्दै किन निकाले विज्ञप्ति ?

पालिका अध्यक्षले सार्वजनिक बिदा हो र प्रमुख प्रशासकीय अधिकृतले होइन भन्दै किन निकाले विज्ञप्ति ?

Trulli
ADVERTISEMENT

रुपन्देही - आज नागपञ्चमीको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा अध्यक्ष थानेश्वर घिमिरेले सार्वजनिक बिदा भन्दै विज्ञप्ति निकालेका छन् भने सोही मितिमा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक बिदा नभएको भनेर अर्को विज्ञप्ति जारी गरेका छन् ।

दुईजनाको छुट्टाछुट्टै निर्णयले स्थानीय अन्योलमा परेपछि आज बिहान दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर स्पष्टीकरण दिएका छन् । 

विज्ञप्तिअनुसार पहिला प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बिदा नदिने भनेर सूचना निकालेका हुन् । पछि छिमेकी स्थानीय तह र सरोकारवालाको सुझावअनुसार विदा दिने निर्णय भएको थियो । सोहीअनुसार अध्यक्षले विज्ञप्ति निकालेका थिए । 

दुवैजनाले आइतबार विज्ञप्ति निकालेका थिए । तर एकै मितिमा दुई खालको निर्णय बाहिरएको भन्दै अन्योल भएपछि दुवैजनाले सोमबार बिहान विज्ञप्ति छाप्नुपरेको थियो । 

पालिकाखबरसँग टेलिफोन सम्पर्कमा दुवै जनाले सल्लाहले नै विज्ञप्ति निकालेको तर बाहिर आफू खुशी निर्णय गरेका छन् भन्ने हल्ला फैलिएपछि आज बिहान संयुक्त विज्ञप्ति निकालेका बताएका छन् ।