close

बाढीले बेलिब्रिज भत्काएपछि २ स्थानीय तहमा यातायात ठप्प

बाढीले बेलिब्रिज भत्काएपछि २ स्थानीय तहमा यातायात ठप्प

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - दिप्लीघाटस्थित दूधकोशी नदीमाथि बनेको बेलीब्रिज बाढीले भत्काएको छ । निरन्तरको वर्षात‍्कारण आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्ली र सोताङ गाउँपालिका-१ खोर्दाको सिमानामा रहेको उक्त बेलीब्रिजमा क्षति पुगेको हो । 

सोताङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईका अनुसार उक्त बेलिब्रिज नजिकै रहेको एउटा जेसिबी, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको छ । खोलामा जलसतह अधिक बढिरहेकाले थुलुङ दुधकोशी ८ तर्फको ३ घर जोखिममा रहेको छ । 

प्रहरीका अनुसार केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा रहेको छ । बेलिब्रिजमा क्षति पुगेसँगै सोताङ र महाकुलुङ गरी दुई स्थानीय तहको सवारी आवागमन ठप्प बनेको छ । 

आज बिहानदेखि कोशी पारी जाने सवारी साधन तथा कोशीपारीबाट सल्लेरी, काठमाडौंलगायतका स्थानका लागि छुटेको सवारी साधन अलपत्र परेको स्थानीयले बताएका छन् ।