close

नगरप्रमुख शाहबारे प्रकासित समाचारप्रति महानगरको ध्यानाकर्षण

नगरप्रमुख शाहबारे प्रकासित समाचारप्रति महानगरको ध्यानाकर्षण

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) र उनी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति महानगरले  गम्भीर ध्यानाकर्षण गरेको छ । शनिबार रातीको घटनाको विषयमा केन्द्री रही सञ्चार माध्यममा प्रकासित समाचारको विषयमा महानगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण जनाएकाे हो । 

नगरप्रमुखका स्वकीय सचिव भुपेदेव शाह जारी गरेकाे विज्ञप्तिमा शनिबार  बेलुका ७ बजे सुत्केरी अवस्थामा रहेकी  काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिए बमोजिम सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको महानगरले जनाएको छ । 

'आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए,' विज्ञप्तिमा लेखिएकाे छ, 'त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए ।'

सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको  विषय समेत अनुरोध गरेकाे महानगरले जनाएकाे छ । साे विज्ञप्तिमा भनिएकाे छ, 'नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।'

 सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी  महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सो महानगरले आग्रह गरेको छ । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि “मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ,' सो विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
 गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह स्वकीय सचिव शाहले गरेका छन् ।