close

अमर्यादित भिडियो भाइरल भएपछि काजीमानको सम्मान खोसियो

अमर्यादित भिडियो भाइरल भएपछि काजीमानको सम्मान खोसियो

Trulli
ADVERTISEMENT

इलाम - माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत काजीमान राईले पाएको  ‘इन्ट्रिग्रिटी आइकन’को सम्मान खोसिएको छ । अधिकृत राईले सहकर्मीसँग कार्यालयभित्रै गरेको यौनजन्य अमर्यादित गतिविधिका कारण सन् २०१९ मै पाएको सम्मान आयोजकलेनै खोसेको हो । 

अकाउन्टविलिटी ल्याब नामक संस्थाले  राईलाई यसअघि इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको उच्च कार्यसम्पादनको आधारमा ‘इन्टेग्रीटी आइकन नेपाल २०१९’ बाट सम्मानित गरेको थियो । संस्थाको बिहीबार बसेको बैठकले अवार्ड खोस्ने गर्ने निर्णय गरेको हो । यसअघि उनलाई २४ घण्टै स्पष्टीकरणसमेत सोधेकोमा गल्ती स्वीकार गरेका आयोजकले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

प्रशासकीय अधिकृतको सो कार्यप्रति संस्थाले ध्यानाकर्षणसमेत गरेको छ । इन्टेग्रीटी आइकन नेपालले भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैहजिम्मेवारपूर्ण कार्यको कदापी समर्थन नगर्नेसमेत जनाएको छ ।