close

अनियमितताबाट ग्रसित भक्तपुरका सहकारी

अनियमितताबाट ग्रसित भक्तपुरका सहकारी

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकाले बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ । भक्तपुर नगरपालिकाबाट गठित सहकारी अनुगमन समितिले भक्तपुर नपा वडा नंम्बर १ का बचत तथा ऋण सहकारी अनुगमन गरेको हो । 

 अनुगमनका क्रममा पुस भित्र साधारणसभा नगरी चैत्रमा गरेको, साधारण सभाको बहुमत सञ्चालक समितिका पदाधिकारीको उपस्थिति नदेखिएको, विना धितो ऋण लगानी गरेको, ऋण उपसमिति र सञ्चालक समितिको निर्णय विना केही व्यक्तिले जथाभावी ऋण प्रदान गरेको, दैनिक हिसाब जाँच नगर्दा कर्मचारी र अध्यक्षसँग नगद मौज्दात देखिएको, लेखा सुपरिवेक्षण समिति सक्रिय नभएको, सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार समुदायको हितको निम्ति कुनै गतिविधि नगरेको पाइएको सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले बताए ।

उनले सहकारी घाटामा सञ्चालन भए पनि लाभांश वितरण गरेको पाइएको, नियमित रुपमा बस्नुपर्ने सञ्चालक समितिको बैठक नबसेको, ३ कार्यकालसम्म चुनाव नगरी एउटै सञ्चालक समितिमा बसिरहेको, सदस्यहरुको विश्वास लिई काम गर्न नसकेका अनुगमनका क्रममा देखिएको बताए। सो अनुगमनमा श्यामसुन्दर मातां, हरिरत्न गोर्खालीर कृष्णगोपाल चौगुठीको उपस्थिति रहेको थियो