close

सार्वजनिक यातायातलाई सूचीकृत हुन चाँगुको निर्देशन

सार्वजनिक यातायातलाई सूचीकृत हुन चाँगुको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर– चाँगुनारायण नगरपालिकाले सार्वजनिक यातायातहरु सूचिकृत हुन निर्देशन दिएको छ । नगर क्षेत्रभित्र सार्वजनिक यातायात सहज र सुलभ बनाउनका लागि सार्वजनिक यातायातलाई सूचीकृत हुन सो निर्देशन दिएको हो ।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीका अनुसार नगरपालिकाको दुवाकोट, झौखेल, जीतपुर र सुडालमा यातायात समस्याको कारण स्थानीय बासिन्दाहरु मारमा परेका छन् । सो क्षेत्रमा यातायातको पहुँच सहज बनाउनका लागि नगरपालिकाले सो निर्देशन दिएको उनले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार नगरपालिकाले यातायातको सहजकताका लागि  यातायात संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८० जारी गरी कार्यान्वयनमा ल्याईसकेको छ । यातायातको सहजताको लागि नगरपालिकाले विभिन्न प्रयास गर्दै आएको उनले बताए । 


सवारी साधनदर्ता प्रमाणपत्रको प्रतिलिपि, सवारी कर तिरेको रसिदको प्रतिलिपि, सवारी साधनबिमा गरेको कागजातको प्रतिलिपि, यात्रु तथा तेस्रो पक्षको बिमा गरेको कागजातको प्रतिलिपि, सवारी चालकको विवरण र चालक अनुमति पत्रको प्रतिलिपि, स्वयम् उपस्थित भई निवेदन दिनुपर्ने र आवश्यक सूचिकृत दस्तुरसहित आगामी १५ दिनभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।