close

२२६ विपन्न परिवारलाई राप्तीकाे घर

२२६ विपन्न परिवारलाई राप्तीकाे घर

Trulli
ADVERTISEMENT

चितवन - राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो ।

'निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना सुरु गरेकोे थियो  । गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ', नगरप्रमुख शमशेर लामाले भने, 'सोहीअनुसार आफूले गत आर्थिक वर्षमा एक सय घर बनाउने लक्ष्य लिए पनि प्रदेश सरकार र दातृ निकाय तथा विकास साझेदार संस्थाहरुको सहयोगबाट दुई सय २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।'

चालू आर्थिक वर्षमासमेत पालिकाले दुई सय घर बनाउने लक्ष्य लिएको उनले बताए । उनले भने, 'मेरो कार्यकालमा एक हजार विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।'
 
नगरपालिकामा रहेका दलित, अल्पसङ्ख्यक र विपन्न परिवाहरु अब घरविहीन भएर र झुपडीमा बस्नु पर्दैन।  ‘विपन्नलाई आवास’ कार्यक्रमअन्तर्गत् नगरपालिकाले प्रदेश सरकार र अन्य दातृ संस्थाबाट घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख लामाको भनाइ छ । 

प्रदेश सरकार र दातृ संस्थाबाट घर प्राप्त गर्नेहरुले घर निर्माणका लागि रु तीन लाख प्राप्त गर्नेछन् । जसमा दुई कोठाको घर र शौचालय रहनेछ । पालिकाबाट बनाइएका घरहरुको हकमा भने एउटा घर निर्माणका लागि रु दुई लाख नगरपालिकाले सहयोग गर्ने र रु २५ हजारबराबरको घरधनीले श्रम गर्नुपर्ने हुन्छ ।  श्रमदानमार्फत शौचालय पनि बनाउन जागरुक गराइएको थियो । 

हस्तान्तरण गरिएका घरहरुमा प्रदेश सरकारबाट ४५ वटा निर्माण भएकामा पालिका र दातृ निकायबाट एक सय ८१ वटा घर निर्माण गरिएको थियो । घर पाउनेमा पालिकाका चेपाङ् समुदायका ५५ प्रतिशत र  बाँकी अन्य समुदाय थिए ।