close

मासुमा आत्मनिर्भर बन्दै लमही

मासुमा आत्मनिर्भर बन्दै लमही

Trulli
ADVERTISEMENT

दाङ - लमही नगरपालिकामा मासु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकामा पछिल्लो समय पशु पालनको संख्या बढेसँगै मासुमा आत्मनिर्भर बनेको हो । 

नगरपालिकाको पशु सेवा शाखाका अधिकृत शिवराज न्यौपानेका अनुसार पालिकाभित्र बाख्रा, बंगुर, भैंसी र कुखुरा पालन हुँदै आएको छ । सिजनको समयमा मासु तथा अण्डा बाहिर पालिकामा लैजाने र बेसिजनमा पालिकाभित्रै आपूर्ती हुने उनले पालिकाखबरलाई बताए । पशु पालन युवाको संख्या बढेपनि सामान्य रोगबाहेक कुनै समस्या नभएकाले उनको भनाइ छ । पशुमा देखिएको रोग नियन्त्रणका लागि केन्द्रबाट विज्ञको परिमार्श दिने गरेको उनले बताए । 

पशु पालनमा युवाको आर्कषण बढाउनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर बजेट अभाव भएकाले दुई वर्षयता अनुदान कार्यक्रममा कटौती गरेको उनले सुनाए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा पशु शाखाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।