close

महासचिव गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गर्ने

महासचिव गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गर्ने

Trulli
ADVERTISEMENT

ललितपुर - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार दिउँसो ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाएका हुन् । 

पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेका अनुसार महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाको नगरप्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नेछन् । उनीसँगै उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलगायतका व्यक्तिहरुे गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । 

दरबार क्षेत्रको भ्रमणसागै महासचिव गुटेरेस पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको छ ।