close

वित्तीय साक्षरतासम्बन्धी जनप्रतिनिधिलाई अभिमुखीकरण

वित्तीय साक्षरतासम्बन्धी जनप्रतिनिधिलाई अभिमुखीकरण

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरपालिका वडा नम्बर २८ मा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको छ ।  महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना अभिमुखीकरण गरिएको हो । 

महानगरपालिकाले स्थानीय व्यवस्थापनमा सो कार्यक्रम गरिएको केन्द्रका कार्यकारी अधिकृत नवराज अधिकारीले बताए। केन्द्रले यस प्रकारका कार्यक्रम तथा तालिमहरू निरन्तर सञ्चालन गरिरहेको उनले सुनाए। 

कार्यक्रम वडावासीहरूका लागि फलदायी भएको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बताए । यस प्रकारको कार्यक्रमले वित्तीय साक्षरता सम्बन्धी आवश्यक ज्ञानको अभावका कारण कतिपय अवस्थामा आर्थिक समस्याहरू झेल्नु पर्ने बाध्यताको अन्त्य गरिदिएको उनले बताए ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू सहित वडावासीहरूको सहभागिता रहेको जनाइएको छ।