close

टेस्ट राइड गर्छु भन्दै बाइक चोरेर भागेपछि...

टेस्ट राइड गर्छु भन्दै बाइक चोरेर भागेपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा एकजना बाइक चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार रोल्पा त्रिवेणी गाउँपालिका- ७ ठेगाना भई दाङ बस्ने दिलबहादुर बिकको बाइक चोरी गरेर भागेको आरोपमा  बा ५१ प ७४४३ नं को मोटरसाईकलसहित रुपन्देही सैनामैना नगरपालिका-८ का १८ वर्षीय एस.पि  (परिवर्तित नाम) पक्राउ परेका हुन् । 

बाइकका धनी विकले गत असार १० गते विदेश जान भनेर फेसबुकमा बाइक बिक्रीका लागि स्टाटस हालेका थिए । त्यही स्टाटसको आधारमा आरोपितले उक्त बाइक किन्ने भन्दै टेस्ट राइड गर्न चाबी मागेर बाइकसँगै फरार भएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए । 

गत असार १३ गते टेस्ट राइड गर्छु भन्दै बाइकसँगै फरार भएका एसपिलाई प्रहरीले बुधबार रुपन्देहीको कञ्चन गाँउपालिका-१ रातडाँडा स्थितको भित्री सडकबाट बाइकसहित पक्राउ गरेको हो ।