close

बाढीले पुल भत्काउँदा लुङ्ग्री गाउँपालिकाका बासिन्दा सास्तीमा ​​​​​​​

बाढीले पुल भत्काउँदा लुङ्ग्री गाउँपालिकाका बासिन्दा सास्तीमा ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले लुंग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्किँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ।

लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने यो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।

गत मंगलबार राति परेको पानीपछि आएको बाढीले पुल बगाएको थियो। अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो। सोही बाटो हुँदै लुंग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्छन्।

‘पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्’, लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले  भने, ‘निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ।’