close

साझा समस्या पहिचान गरी समाधान गर्ने उपत्यका पालिका प्रमुख बैठकको निर्णय

साझा समस्या पहिचान गरी समाधान गर्ने उपत्यका पालिका प्रमुख बैठकको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखको बैठकले साउन १ गतेदेखि सबै स्थानीय तहले फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । 

आइतबार उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपायका लागि बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा  बैठक बसेको थियो । 

काठमाडौं उपत्यकाका नगरप्रमुख बालेन्द्र शाहले व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता समस्या उपत्यकाका साझा समस्या रहेका बताए । उनले भने , ‘ साझा समस्यालाई संयुक्त प्रयासबाट समाधान निकालौँ । साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलको मुख्य विषय हो ।’

त्यस्तै, अन्य नगर प्रमुखले पनि उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले अगुवाई गर्न आग्रह गरेका थिए । 

फोहोर व्यवस्थापनका लागि आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने बताउँदै प्राय: सबै पालिका प्रमुखले  काठमाडौँ महानगरसँग स्रोत भएको,  तर व्यवस्थापनका लागि जग्गा नभएको र आफूहरूसँग स्रोत नभएको जग्गा भएको बताउँदै सहकार्यका लागि आफूहरु तत्पर रहेको बताएका थिए । 

नागार्जुन नगरका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरी, बुढानीलकण्ठ नगरका प्रमुख मीठाराम अधिकारी, टोखा नगरका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी सहभागी थिए ।