close

पुथाउत्तरगंगा पालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

पुथाउत्तरगंगा पालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

रुकुम-पूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गर्नका लागि पालिकाले आगामी आर्थिक वर्षदेखि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो। 

अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत् स्थानीयले स्वास्थ्य सेवा पाउन् भनेर यस्तो कार्यक्रम सञ्चालन गरिएको डाक्टर मिलन मल्लले  बताए । उनका अनुसार अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत फरक–फरक कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह हुनेछन् । 

अध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत घरमै स्वास्थ्यकर्मी, विपन्न घर परिवार र ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र आवश्यक ठाउँका लागि टेलिमेडिसिन सेवा केन्द्र स्थापना गरी औषधि उपचार एवं स्वास्थ्य चेकजाँच गर्ने कार्यक्रम सञ्चालन हुने र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा, चेलीसँग उपाध्यक्ष परामर्श कार्यक्रम, छोरीको जन्म भएमा प्रोत्साहन स्वरूप आमालाई एक वर्षको निःशुल्क स्वास्थ्य बिमा र गर्भवती, विपन्न परिवार, ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई निःशुल्क यातायात सेवा प्रवाह गरिने डाक्टर मल्लले जानकारी दिए ।