close

आठबिसकोट जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा

आठबिसकोट जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई कोभिडविरुद्धको पहिलो पूर्णखोप सुनिश्चित नगरपालिका  घोषणा गरिएको छ ।

पालिकामा आइतबार आयोजित कार्यक्रममा पन्ध्र महिनामाथिका उमेर समूहका बालबालिकामा ९२ प्रतिशत खोपको दायरा बढाएर कोभिड–१९ विरुद्धको जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित नगरपालिका तथा नियमित खोपको सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्लामा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नेमा आठबिसकोट नगरपालिका पहिलो हो।

 नगरपालिकाका प्रमुख रवि केसीले पालिकाले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । कोभिड–१९ विरुद्धको खोप पालिकाका १२ वर्ष उमेर समूहभन्दा माथि र जेष्ठ नागरिक सबैमा खोप लगाएर पुर्णखोप सुनिनिश्चित नगरपालिका घोषणा गरिएको केसीले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका अनुसार नगरमा सबै उमेर समूहका नागरिकले खोप लगाउन बाँकी नभएकोले आठबिसकोटलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको जानकारी दिएको छ ।

रुकुम पश्चिमकै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएकोमा नगरका स्वास्थ्यकर्मीलाई नगर प्रमुख केसीले लगनसिलताको परिणाम भएको  बताए ।

उनले भने, ‘नगरका स्वास्थ्यकर्मीको लगनशीलता र मेहनतले पालिकामा कोरोना पोजेटिभ देखिएकाका पछिल्लो रिपोर्ट नेगेटिभ आउने गरेको थियो । खोप लगाउन नगर अस्पालसम्म आउननसक्ने अशक्त,अपाङ्गलाई स्वास्थ्य स्वंयम सेवकमार्फत खोप लगाउने काम गर्नुभएको छ ।यसको जस स्वास्थ्यकर्मीलाई नै जाने हो ।’

आठबिसकोटलाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख प्रेम प्रकाश रोकायले जानकारी गराए । 

उनले पालिकामा खोप नलगाएका,छुटेका र भौगोलिक रुपमा स्वास्थ्य सेवा पहुँच बाहिर रहेका नागरिकहरुको डाटा संकलन गरेर वडास्तरबाटै खोप सेवा सञ्चालन गरी सबै वडामा पूर्णखोप घोषणा गरी सुनिश्चित गरिएको बताए । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले पालिकालाई पूर्णखोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई प्रामाणीकरण गर्न पालिकाबाट सिफारिस र जिल्ला खोप समन्वय समितिबाट प्रमाणित गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी दिए । 

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिवद्धता’भन्ने सन्देशका साथ पूर्णखोप पालिका सुनिश्चित कार्यक्रममा नगरभित्रका स्वास्थ्यचौकी, कर्मचारी र साझेदार संघसंस्थालाई पूर्णखोप नगरपालिका बनाउन सहयोग गरेकोमा सम्मान गरिएको थियो ।