close

भोजपुरी हिरोइन बनाइदिने लाेभ देखाएर बालिका बेच्ने दुई जना पक्राउ ​​​​​​

भोजपुरी हिरोइन बनाइदिने लाेभ देखाएर बालिका बेच्ने दुई जना पक्राउ ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । भोजपुरी चलचित्रकाे हिरोइन बनाइदिने भनी फकाएर बालिका बेच्ने दुई अभियुक्त पक्राउ परेका छन् । 

पर्सा प्रहरीका अनुसार वीरगन्जकी १५ बर्षीय बालिकालाई भाेजपुरी हिरोइन बनाइदिन्छु भन्दै फकाएर बेच्ने दुई जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा २२ वर्षीय भारतीय युवक र ४० वर्षीया रौतहटकी एक महिला छन्।

पीडित बालिका बेचिएको ठाउँबाट भागेर आई अभिभावक हुँदै प्रहरीमा दिएको बयानका आधारमा उनीहरुलाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएको छ । 

अभियुक्तद्वयले बेचेको ठाउँबाट बालिका भागेर गएको मंगलबार ( असार २१ गते ) आफन्त हुँदै प्रहरी सम्पर्कमा आएकी थिइन्।