close

सिमकोट मेरै कार्यकालमा साक्षर पालिका हुन्छ : अध्यक्ष भण्डारी

सिमकोट मेरै कार्यकालमा साक्षर पालिका हुन्छ : अध्यक्ष भण्डारी

Trulli
ADVERTISEMENT

काठमाडौं । कार्णाली प्रदेशको हुम्ला सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले आर्थिक वर्ष २०७७९/८० को नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार पालिकाखबरसँगको कुराकानीका क्रममा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । 

एक वटा बाहेक सबै वडामा बाटो पुगेको बताउँदै  उनले सामाजिक सुरक्षासम्बन्धी ज्येष्ठ नागरिकलाई घर दैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र सुत्केरी महिलालक्षित कार्यक्रम अघि बढाएको बताए । 

पालिकाभित्र करिब ७० प्रतिशत साक्षर रहेको बताउँदै उनले आफ्नोा कार्यकालभित्रै पालिकालाई साक्षर पालिका घोषणा गर्ने उनले जानकारी दिए । 

जिल्लाकै सदरमुकाम भएकाले स्वास्थ्यका दृष्टिले अन्य पालिकाको तुलनामा सहज रहेको बताउँदै उनले पालिका भित्र जिल्ला अस्पतालसहित सामुदायिक स्वास्थ्यचौकी र स्वास्थ्यकेन्द्रसहित रहेको बताए ।

नेपालको कर्णाली प्रदेशअन्तर्गत पर्ने सिमकोट हुम्ला जिल्लाको उत्तर पश्‍चिम भागमा अवस्थित छ l साविकका ५ गाविस मिलेर बनेको यस पालिकामा ८ वडा छन् l राष्ट्रिय जनगणन २०६८को राष्ट्रिय जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १५७२७ छ । 

सुन्दर प्रकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातीय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग किमि छ l