close

कोभिड–१९ र हैजा लागेमा सम्पर्क गर्न पनौती नगरको अनुरोध

कोभिड–१९ र हैजा लागेमा सम्पर्क गर्न पनौती नगरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले कोभिड–१९को संक्रमण र हैजाको संक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गरी नगरवासीहरूमा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।

नगरपालिकाका छिमेकी नगरपालिकाहरुमा कोभिड–१९ संक्रमणका केही बिरामी देखा परेकाले सामाजिक दूरी कायम गर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा ठूला भिडभाडमा नजान र समय–समयमा हात धुन अपिलमार्फत् नगरले अपिल गरेको छ । 

यस्तै, पालिकाले झाडापखला तथा बान्तालगायत नयाँ बिरामी देखा परेमा नजिकको स्वास्थ्य संस्था तथा नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।