close

सिरजंगा, मल्लरानी र सरुमारानी पालिकामा शून्य बेरुजु

सिरजंगा, मल्लरानी र सरुमारानी पालिकामा शून्य बेरुजु

Trulli
ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा ताप्लेजुङको सिरजंगा गाउँपालिका, प्युठानको मल्लरानी र सरुमारानी गाउँपालिकामा शून्य बेरुजु रहेको छ । 

त्यस्तै, स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३ स्थानीय तह रहेका छन् । पाँचदेखि १५ प्रतिशतसम्म बेरुजु हुने १९३ स्थानीय तह रहेका छन् । १५ प्रतिशतभन्दा बढी बेरुजु हुनेमा १८ स्थानीय तह छन् ।

सबैभन्दा बढी बेरुजु महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा (२३.८९ प्रतिशत) देखिएको छ । लेखापरीक्षणको अंकको तुलनामा स्थानीय तहतर्फ ४.१८ प्रतिशत बेरुजु कायम भएको छ ।

महालेखाले सात सय ५३ मध्ये सात सय ४४ वटा स्थानीय तहको  ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरेको थियो ।