close

शारदा नगरपालिकाले करारमा रहेका कर्मचारी कटौती गर्ने

शारदा नगरपालिकाले करारमा रहेका कर्मचारी कटौती गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । शारदा नगरपालिकाले करारमा रहेका कर्मचारी कटौती गर्ने भएको छ।

बुधवार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाले आर्थिक स्रोत नभएको र आर्थिक मितव्ययिता अपनाउने भन्दै १ सय १४ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।

उनीहरुको २०७९ साउन १ गतेदेखि लागू हुने गरी सम्झौता थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो।

म्याद थप नगरिनेमा १ सय ४ जना सडक मर्मत सम्भारकर्ता र १० जना सामाजिक परिचालक रहेका छन्।