close

गोरखा आरुघाटमा बगायो पहिरोले घर

गोरखा आरुघाटमा बगायो पहिरोले घर

Trulli
ADVERTISEMENT

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा पहिरोले दुई वटा घर बगाएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार  बुधबार साँझ ५ पहिरोले दुई वटा घर बगाएको हो ।

तर,मानवीय क्षति नभएको गुरुङले बताए । पहिरो बस्तीबीचबाट बगेपछि स्याम्चेतका तल्लो र माथिल्लो गाउँका स्थानीय घर छाडेर सुरक्षित स्थानतर्फ लागेकाले उनीहरूलाई त्रिपाल, चाउचाउलगायत सामग्रीको तयारी भइरहेको जानकारी दिए । 

यति नै क्षति भयो भनेर भन्न नसकिने उनले बताए ।