close

वडा कार्यालयको आयोजनामा गुरू तथा शिष्य सम्मान कार्यक्रम

वडा कार्यालयको आयोजनामा गुरू तथा शिष्य सम्मान कार्यक्रम

Trulli
ADVERTISEMENT

गोरखा नगरपालिका वडा नम्बर ४ स्थित फिनाममा गुरू पूर्णिमाको अवसरमा गुरु र शिष्य (विद्यार्थी) लाई सम्मान गरिएको छ ।

बुधबार वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा वडाका पूर्व शिक्षक र पूर्व सचिव, शाखा अधिकृतलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा पूर्व शिक्षक रामबहादुर थापा, बलराम थापामगर, दिपेन्द्र बहादुर खड्का, माधव थापा मगर र पण्डित विष्णु प्रसाद भट्टराई छन् ।

पूर्व सचिव केशर बहादुर बानियाँ, उत्कृष्ट शिष्यका रुपमा शाखा अधिकृत मदन खड्कालाई गुरू पूर्णिमाको अवसरमा सम्मान गरिएको वडा अध्यक्ष लालप्रसाद भट्टराईले पालिकाखबरलाई जानकारी दिए ।

कार्यक्रममा वडा टोलबासीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता थियो ।