close

लिफ्टिङबाट पानी पुगेपछि भेरी नगरपालिकवासी हर्षित

लिफ्टिङबाट पानी पुगेपछि भेरी नगरपालिकवासी हर्षित

Trulli
ADVERTISEMENT

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१२, विष्णेचौरमा लिफ्टबाट पानी पुगेपछि स्थानीय हर्षित भएका छन् । 

सिँचाइ   सुविधाद्वारा   कृषि   उत्पादन   बढाउन,   आयआर्जनमा   सुधार   ल्याउनका लागि ८० प्रतिशत  अनुदान  सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरी गाउँमै पानी पुगेपछि उनीहरू हर्षित भएका हुन् । 

विष्णेचौरवासीले पुर्खौंदेखि पानीका लागि दु:ख भोग्दै आएका थिए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ लाख रुपैयाँमा उक्त लिफ्ट सिँचाइ योजना सम्पन्न भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।

भेरी नदीबाहेक पानीको स्रोत नभएको सो ठाउँमा भेरी नदीबाट धमिलो पानी बोकेर खाने गरेका बासिन्दा घरआँगनमै पानी आएपछि खुसी भएको स्थानीय रमा शाहीले जानकारी दिइन्।

जिल्लामा अन्य तीन ठाउँमा यस्ता योजनाहरु सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी टोपबहादुर नेपालीले  जानकारी दिए ।