close

‘पूर्वअध्यक्षले गरे स्थानीय सरकार प्रमुखको हैसियतले निवेदनमा हस्ताक्षार’

‘पूर्वअध्यक्षले गरे स्थानीय सरकार प्रमुखको हैसियतले निवेदनमा हस्ताक्षार’

Trulli
ADVERTISEMENT

दैलेख । गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज ओलीले स्थानीय सरकार प्रमुखको हैसियतमा निवेदनमा ‘तोक’ लगाएकाे भन्दै  गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले आपत्ति जनाएका छन् ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले पत्रकार सम्मेलन गर्दै निवर्तमान अध्यक्षले स्थानीय सरकारमा आएका निवेदनमा ‘तोक’ लगाएको बताए।

कार्यकाल सकिएका अध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतले निवेदनमा ‘तोक’ लगाउनु स्थानीय सरकार सञ्चालन ऐनविपरीत भएको बिसीको भनाइ छ।

गाउँपालिकामा कार्यरत सुब्बा कर्ण थापाको मिलेमतोमा पूर्वअध्यक्षले आफ्नो कार्यकाल सकिएपछि  निवेदनमा ‘तोक’ लगाएका अध्यक्ष बिसीले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाले गलत काम गर्ने कर्मचारीलाई कारबाही गरिने बताए।

‘हामीले गलत काम गर्ने कर्मचारीलाई मौखिक जवाफ मागी सकेका छौँ, उहाँले भुलचुकमा यस्तो हुन पुगेको बताउनुभएको छ, उहाँसँग पुनः लिखित जवाफ माग गरेर निजामती ऐन अनुसार कारबाहीका लागि पहल गछौँ’, प्रशासकीय अधिकृत थापाले भने। 

यता, गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा कांग्रेस दैलेखका सचिव खेमराज ओलीले आफ्नै कार्यकालको निवेदन होला भनेर ‘तोक’ लगाएको बताए। ‘माथि उल्लेख गरिएको मिति हेरिनँ, कर्मचारीले तोक लगाउनु भनेर ल्याउँदा तोक लगाएको हुँ, हतारमा भएकाले मिति हेर्न भुलिएछ’, उनले भने ।