close

काठेखोलाकी सुस्मिताको परिवारलाई तीन लाख राहत प्रदान

काठेखोलाकी सुस्मिताको परिवारलाई तीन लाख राहत प्रदान

Trulli
ADVERTISEMENT

बागलुङ । चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख राहत वितरण गरिएको छ ।

चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल नेतृत्वको टोलीले पुनकै निवासमा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।

पुनको परिवारलाई संघीय सरकारले दुई लाख, गण्डकी प्रदेश सरकारले ५० हजार तथा काठेखोला गाउँपालिकाले ५० हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । 

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले संघीय सरकारले उपलब्ध गराएको दुई लाख र गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ पुनको श्रीमानलाई प्रदान गरे ।

काठेखोला गाउँपालिकाको तर्फबाट ५० हजार रुपैयाँ गाउँपालिकाका अध्यक्ष राजु थापाले हस्तान्तरण गरे ।

चट्याङ लागेर ६ वर्षीय बालक र २८ वर्षीया युवतीको मृत्यु