close

तालचोक–बेगनास सडक–खण्डको स्तरोन्नति गरिँदै

तालचोक–बेगनास सडक–खण्डको स्तरोन्नति गरिँदै

Trulli
ADVERTISEMENT

कास्की। तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन्।

यस परियोजनामा वर्ल्ड बैङ्कले १ अर्व ४९ करोड १५ लाख लगानी गर्ने महानगरले जनाएको छ । ३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिने छन् । सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ,  दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुने महानगरले जनाएकाे छ। 

सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.४ रुपैयाँमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सडक निर्माणकाे सम्झौता भएकाे हाे।