close

संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै रिट दायर

संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै रिट दायर

Trulli
ADVERTISEMENT

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । 

मञ्चका तर्फबाट सचिव पौडेलले संसद् सचिवालय, संसदीय विशेष समिति, मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई विपक्षी बनाई रिट निवेदन दिएका हुन्।

जेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अध्ययन गर्न बनेको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको हो । 

मञ्चका सचिव जयप्रसाद पौडेलले छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने, आवश्यक प्रमाण यथेष्ट रूपमा समावेश गरेर छानबिन हुनुपर्नेमा त्यसो नभएको भन्दै रिट निवेदन पेश गरिएको थाहाखबरलाई जानकारी दिए।