close

विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित, एमालेको फरक मत

विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित, एमालेको फरक मत

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ ।

बुधबार बसेको समितिको बैठकले यसअघि राष्ट्रपतिबाट फिर्ता भई पुन:प्रतिनिधिसभाबाट पास भएको नागरिकता वधेयक हुबहु पारित भएको हो । 

तर, विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।

समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार नै बस्दैछ ।

एमालेको फरक मतमा के छ ?

एमालेले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिँदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने एमालेको बताएको छ । 

विवाहपछि भने राजनीतिक र प्रशासनीक बाहेकका अधिकार उपभोग गर्न परिपयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरुको मत छ ।

एमालेले प्रादेशिक पचिानसहितको नागरिकता दिने, आमाको नामबाट नागरिकता लिँदा गर्नुपर्ने स्वघोषणालाई बाध्य बनाउन नहुने पनि फरक मतमा राखेको छ ।