close

टोल विकास गठन तथा परिचालनसम्बन्धी कार्यविधिको मस्यौदामाथि छलफल

टोल विकास गठन तथा परिचालनसम्बन्धी कार्यविधिको मस्यौदामाथि छलफल

Trulli
ADVERTISEMENT

डोटी– के.आई.सिंह गाउँपालिकाले टोल विकास गठन तथा परिचालन सम्बन्धी कार्यविधिको मस्यौदामाथि छलफल गरेको छ । 

गाउँपालिकामा टोलस्तरबाटै योजना तर्जुमा तथा निगरानी बढाउन चालु आर्थिक वर्ष २०८०/८१ मा सात वटा वडामा टोल विकास संस्था गठन गरिने अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । 

यसका साथै गाउँपालिकालाई टोल विकास संस्था गठन गरेपछि नागरिक निगरानी, पारदर्शिता र जवाफदेहितामा सकारात्म प्रभावमा सहयोग पुग्ने अध्यक्ष शाहीले बताए । टोल विकास गठन तथा परिचालनको पूर्व तयारीका लागि गाउँपालिकाले जनप्रतिनिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखिकरण तालिम सञ्चालन गरेको उनको भनाइ छ ।

छलफल भएको मस्यौदालाई फागुन मसान्तमा कार्यापालिकाबाट पारित गरी कार्यान्वयनमा ल्याइने प्रमुख प्रशासकीय अधिकृत सुरतबहादर परियारले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीले टोल विकास संस्था गठन तथा परिचालनका लागि कार्ययोजनासमेत बनाएको उनको भनाइ छ । 

कार्ययोजना अनुसार चालु आर्थिक वर्षभित्र संस्था गठनदेखि संस्थाका पदाधिकारीहरुको क्षमता विकासका लागि अभिमुखिकरण गर्ने उल्लेख गरिएको छ ।