close

मालिका गाउँपालिका पहिरो अपडेट :  भेटियो, बेपत्ता थप तीन जनाको शव

मालिका गाउँपालिका पहिरो अपडेट :  भेटियो, बेपत्ता थप तीन जनाको शव

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ मा गएको पहिरोमा परी बेपत्ता थप तीन जनाको शव भेटिएको छ । 

वडा नम्बर २ को रुमको तामेङ गाउँमा मंगलबार बिहान गएको पहिरोमा परी बेपत्ता उनीहरूको शव फेला परेको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए । 

यस्तै, गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले पहिरोमा परी दुई जना घाइते,र ५ जनालाई पहिरोले पुरेको जानकारी दिए । पहिरोले पुरिएकामध्ये ३ जनाको शव भेटिएको र अन्य २ को शव खोजी कार्य भइरहेको उनले बताए । 

पहिरोमा परी घाइते भएकाहरुमध्ये एक जनाको घाँटीमा र अर्का एक जनाको ढाँडमा चोट लागेकाे उनले बताए । उनीहरुकाे उपचार भइरहेकाे जानकारी उनले दिए ।  

पहिरोमा परी बेपत्ता भएकाहरूको शव खोजी कार्य मंगलबार बिहानैबाट भए पनि भीषण वर्षाका कारण केही अवरोध भएको थियो । 

मंगलबार बिहान करिब ३ बजे गएको पहिरोले दुई घर बगाएको थियो ।