close

मनोहरा खोलामा बाढी : डुबानमा बस्ती

मनोहरा खोलामा बाढी : डुबानमा बस्ती

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी आसपासका बस्ती डुबानमा परेका छन् । 

मंगलबार राति आएको बाढी आसपासका बस्तीमा पसेको बाढी  करिब १०० घर प्रभावित भएको र केही फार्ममा पसेको भक्तपुर प्रहरी कार्यालयको भनाइ छ ।  

वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्चा बगाएको छ ।