close

नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध

नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध

Trulli
ADVERTISEMENT

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ ।

निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।

पहिरो पन्छाउनका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

विगत तीन दिनदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । 

यस सडक खण्डकाे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।