close

दार्चुलामा बाढी-पहिरो : २ जनाको मृत्यु, ४ जना बेपत्ता

दार्चुलामा बाढी-पहिरो : २ जनाको मृत्यु, ४ जना बेपत्ता

Trulli
ADVERTISEMENT

कैलाली । अविरल वर्षापछि आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले एक दर्जन घर बगाएको छ ।

बाढीपहिरोमा एकै परिवारका ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ ।

प्रहरीका अनुसार नौगाडमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । 

वर्षा रोकिएपछि उद्धार कार्य सुरु भएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ ।

अपडेट : पाँच शव भेटियो, चार जना बेपत्ता

बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।