close

मृत्यु हुनेमा महिला र बालबालिका धेरै : डिएसपी रोक्का

मृत्यु हुनेमा महिला र बालबालिका धेरै : डिएसपी रोक्का

Trulli
ADVERTISEMENT

जाजरकोट- गएरातिको भूकम्पमा परी जिल्लाभित्र मृत्यु हुनेको संख्या ९५ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अन्य ५५ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बालबालिका र महिला धेरै रहेका जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष रोक्काले पालिकाखबरलाई बताए । 

मध्यराति भूकम्प गएको हुँदा सुतिरहेको अवस्थामा र अतालिएर भाग्ने क्रममा च्यापिएर धेरैको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति जाजरकोटको केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको र उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।