close

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेकालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेकालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

Trulli
ADVERTISEMENT

रुपन्देही ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायत पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको प्रादेशिक अस्पतालका पदाधिकारीहरूको पुनर्बहाली भएको हो ।

सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललगायत लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक अस्पताल र केहीजिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो। 

प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरउन्नति नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पूरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो । 

सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्षपदम प्रसाद न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, लुम्बिनी आयूर्वेदिक अस्पतालका अध्यक्ष शिवप्रसाद ज्ञवाली, राप्तीआयूर्वेदिक अस्पताललगायत केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

लुम्बिनी प्रदेश सरकारले पुरानालाई हटाएपछि  नयाँलाई विकास समितिमा नियुक्त गरेको थियो ।