close

विद्यार्थीको माग- 'मेयरज्यु, खाजा चाहियो'

नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि कक्षा ६ को दिवा खाजा कटौती गरेको छ । विगतका वर्षमा प्रतिव्यक्ति १५ रुपैयाँको दरले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको थियो । सरकारले यस वर्षदेखि कक्षा ५ सम्म मात्रै दिवा खाजाको व्यवस्था गरेको छ । तर केही स्थानीय तहले आन्तरिक स्रोतमार्फत दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । यसै विषयमा गलकोटका एक विद्यार्थीले दिवा खाजाको माग गर्दै नगरप्रमुखलाई पत्र लेखेका छन् ।

विद्यार्थीको माग- 'मेयरज्यु, खाजा चाहियो'

नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि कक्षा ६ को दिवा खाजा कटौती गरेको छ । विगतका वर्षमा प्रतिव्यक्ति १५ रुपैयाँको दरले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको थियो । सरकारले यस वर्षदेखि कक्षा ५ सम्म मात्रै दिवा खाजाको व्यवस्था गरेको छ । तर केही स्थानीय तहले आन्तरिक स्रोतमार्फत दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । यसै विषयमा गलकोटका एक विद्यार्थीले दिवा खाजाको माग गर्दै नगरप्रमुखलाई पत्र लेखेका छन् ।

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

बाग्लुङ- गलकोट नगरपालिकाको एक विद्यार्थीले नगरप्रमुख भरत शर्मालाई सम्बोधन गरी पत्र लेखेका छन् । नगरपालिकाको वडा नम्बर ६ स्थित श्री शिव माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत महिम चालिसेले दिवा खाजा कटौती गरेको विषयमा नगरप्रमुख शर्मालाई पत्र लेखेका हुन् । 

सरकारले कक्षा ६ को दिवा खाजा कटौती गरेको र आफूहरु मर्कामा परेकोले सो समाधान गर्नको लागि नगरप्रमुख शर्मालाई उनले पत्रमार्फत अनुरोध गरेका छन् । उनले सरकारले दिवा खाजा कटौती गरेता पनि नगरपालिकाले खाजाको व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । 

सरकारले कक्षा ६ को खाजा कटौती गरेको खबर पाएपछि आफूसँगै कक्षामा अध्ययरनत विद्यार्थीहरु चिन्तित भएको उनले पत्रमा लेखेका  छन् । उनले कक्षा ६ मा खाजा नपाउँदा सरकारले कलिला बालबालिकालाई उपेक्षा गरेको अनुभूती भएको बताए । 

‘आदरणीय नगरप्रमुख ज्यू, गलकोट नगरपालिका समक्ष समाधान गर्नुपर्ने थुप्रै विषय हुँदा हुँदै पनि नेपाल सरकारले कटौती गरेको कक्षा ६ को दिवा खाजालाई 'बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी' भन्ने नारालाई आत्मासात गर्दै स्थानीय सरकारले गराइदिनु भयो भने म लगायत गलकोट नगरपालिकाभित्र कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थी आभारी हुने थियौँ,’ उनले लेखेका छन्, ‘अन्त्यमा नगरप्रमुख ज्यूलाई दिवा खाजा उपलब्ध गराइदिनु हुन भनि गरेको आग्रहलाई पक्कै पनि अन्यथा लिनु हुने छैन । यहाँको हृदय कलिला बालबालिकाप्रति सदैव सकारात्मक थियो, छ र हुनेछ भन्ने अपेक्षाको साथमा यो पत्र यही अन्त्य गर्दछु ।’ गलकाेट नगरपालिकाका कक्षा ६ का विद्यार्थी महिम चालिसेले दिवा खाजाकाे माग गर्दै लेखेकाे पत्र

विद्यार्थीको सो पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको नगरप्रमुख शर्माले बताए । टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएका नगरप्रमुख शर्माले नगरपालिकामा आधिकारिक रुपमा कुनै पत्र नआएको तर सामाजिक सञ्जालबाट थाहा पाएको बताए । उनले भने, ‘सो पत्र अहिलेसम्म आधिकारिक रुपमा कार्यालयमा आएको छैन । तर मैले फेसबुकबाट थाहा पाए । सो पत्रप्रति मेरो ध्यानकर्षण भएको छ । ’

उनले आफूलाई नेपाल सरकारले कक्षा ६ को दिवा खाजा कटौती गरेको केही दिनअघि मात्रै थाहा पाएको जानकारी दिए । उनले भने, 'यो विषयमा मलाई थाहा थिएन । तर केही दिन अघि मात्रै केही व्यक्तिले सोबारे जानकारी दिएका थिए ।' 

उनले केही समयअघि मात्रै थाहा भएकाले दिवा खाजाको विषयमा कुनै व्यवस्था नगरेको बताए । तर आफूलाई शिक्षक तथा सरोकारवाला निकायले सामान्य प्रश्न गर्ने गरेको बताए । उनले भने, ‘हामीले हालसम्म केही व्यवस्था गरेका छैनौ तर शिक्षकहरुको ‘पालिकाको व्यवस्था के छ ?’ भन्ने सामान्य प्रश्न आउने गरेको छ ।' 

उनले नगरपालिकालाई 'बालमैत्री स्थानीय शासन' घोषणा गरेकोले सो विषयमा आवश्यक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । पालिकाभित्र कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या, खाजाको लागत र स्रोतको सुनिश्चितता भएपछि मात्रै दिवा खाजाको व्यवस्था हुने बताए  । सो विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उनले पालिकाखबरलाई बताए ।