close

आफ्नाे कार्यकालकाे सेवा बन्द भएपछि पूर्व वडाध्यक्षकाे आपत्ती

आफ्नाे कार्यकालकाे सेवा बन्द भएपछि पूर्व वडाध्यक्षकाे आपत्ती

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ का पूर्व  वडाध्यक्ष परासर सापकोटाले वर्तमान जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले स्वास्थ्य चौकीको सेवा बन्द गराउने जानकारी पाएसँगै यथासिघ्र रुपमा सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन् । 

उनले आफ्नो कार्यकालमा वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीमा प्रारम्भिक प्रयोगशाला सञ्चालन गरेको तथा हाल कर्मचारीको अभाव देखाइ सो सेवा पूर्ण रुपमा बन्द गरेको जनगुनासो आएकोले कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउन जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । 

‘हाम्रो कार्यकालमा सुडाल स्वास्थ्य चौकीमा प्रारम्भिक प्रयोगशाला (जुन चाँगुनारायण नपाका स्वास्थ्य चौकीहरूमध्ये सबैभन्दा पहिला) सुरू गरिएको थियो,’ उनले लेखेका छन्, ‘जसलाई अझ आधुनिक र स्तरीय बनाउँदै लैजानु पर्नेमा यही भाद्र १ गतेदेखि कर्मचारीको अभाव देखाई पूर्ण रूपमा बन्द भएको जनगुनासो आएकोले चाँगुनारायणको स्थानीय सरकारसमक्ष यथासिघ्र कर्मचारी व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन गर्नको लागि ध्यानाकर्षण  गर्दछु ।’

उनले स्थानीय सरकारसँग जनताको धेरै आशा र विस्वास हुने, स्थानीय जनप्रतिनिधिले उपलब्ध स्रोत र साधनबाट जनताका आवश्यकताको आधारमा भएको स्रोत परिचालन गर्न सुझाव दिएका छन् ।  स्थानीय सरकारले पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।