close

माेबाइल चलाएपछि बने 'भाइरल मेयर'

धनुषाकाे कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादव र उनका भाईले मेयरकाे कार्यकक्षलाई आरामकक्ष बनाएकाे तस्बीर सामाजिक सञ्जालमा 'भाइरल' भएका छ। साे तस्बीर नगरपालिकाका एक सेवाग्राहीले आफ्नाे माेबाइलमा कैद गरेका थिए ।

माेबाइल चलाएपछि बने 'भाइरल मेयर'

धनुषाकाे कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादव र उनका भाईले मेयरकाे कार्यकक्षलाई आरामकक्ष बनाएकाे तस्बीर सामाजिक सञ्जालमा 'भाइरल' भएका छ। साे तस्बीर नगरपालिकाका एक सेवाग्राहीले आफ्नाे माेबाइलमा कैद गरेका थिए ।

Trulli
ADVERTISEMENT

काठमाडौं– आफ्नो कुर्सीमा बसेका नगरप्रमुख विशेश्वर यादव मोबाइलमा व्यस्त देखिन्छन्। छेवैकाे कुर्सीमा उनका भाई चण्डेश्वर यादव  आरामले सुतिरहेका छन् । नगरप्रमुख यादवको कुर्सी अगाडि उनको नामको 'नेमप्लेट' छ जसमा लेखिएको छ, ‘नगरप्रमुख विशेश्वर यादव’ । नेमप्लेट रहेकै डेस्कमा मिनिरल वाटरको खाली बोतल ढलिरहेको छ । लाग्छ, साे बाेतल उठाउन अरु कसैकाे सहायता चाहिन्छ ।

याे दृश्य कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको कार्यकक्षभित्रको हो । जुन करिब एक साता अघि मात्रै एक सेवाग्राहीले सामाजिक सञ्जालमा पाेष्ट गरेका थिए । याे तस्बीर हाल सामाजिक सञ्जालमा 'भाइलर' बनेकाे छ । सेवाग्राहीले साे तस्वीरलाई उदृत गरी नगरप्रमुखको दाजुभाईले कार्यकक्षलाई आफ्नो घरको बेडरुम सम्झिएको भन्दै विरोध समेत गरेका छन् । 

साे तस्बीर नगरपालिकाका स्थानीय सरोज यादवले गत असारमा आफ्नाे माेबाइलमा कैद गरेका हुन् । कैद गरेकाे केही समयपछि उनले फेसबुकमा ‘टिकटकमा व्यस्त कमला नगरपालिकाका मेयर दाजुभाई सुतेर टाइम पास’ लेख्दै उक्त तस्बीरहरु सार्वजनिक गरेका थिए । 

यादवले सार्वजनिक गरेको तस्बीर शेयर गर्दै कमला नगरपालिकाकै अर्का स्थानीय इसराफिल अन्सारी लेख्छन्, ‘उहाँहरु हुनुहुन्छ कमला नगरपालिकाका मेयर र उहाँका भाई । उहाँहरु नगरपालिकालाई आफ्नो बेड रुम ठान्नुहुन्छ । मेयरसाब टिकटकमा व्यस्त तर जनताले केही कामले मेयरज्युसँग भेट्दा घन्टौं प्रतिक्षा गर्नुपर्छ । के यसरी कमला नगरपालिकाको विकास हुन्छ ?’

उनले स्थानीय निर्वाचनमा पराजित भएका प्रतिपक्षलाई समेत प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘भ्रष्टाचार विरुद्ध चुनाव लड्नु जति आवश्यक हुन्छ । उति नै आवश्यकता प्रतिपक्षको भूमिका निभाउन हुनुपर्छ । त्यस्तो भएको देखिँदैन ।’

सामाजिक सञ्जालमा सार्वजनिक उक्त तस्बीर असार २३/२४ गते तिरको रहेको नगरप्रमुख यादवले बताए । ‘साे समयमा नगरपालिकाकाे क्लोजङ चलेकाे थियाे । क्लाेजिङमा गत आवका याेजनाकाे चेक बाँड्ने काम भएको थियो,' उनले पालिकाखबरलाई भने, 'राती २ बजेसम्म काम भइरहेकाे थियाे ।अकाउन्टेन्टलाई एक्लै छाड्ने कुरा भएन ।  हामीसँगै बसेर चेक बाडेँका थियाैँ ।’

साे दिन आफूलाई भाईले पनि सघाएको उनले बताए । राती अबेरसम्म बसेर काम गरेकाेले भाेलिपल्ट ११ बजेतिर भाई कार्यकक्षमै सुतेको उनले बताए । उनले भने, ‘म सुतेको थिइनँ । मोबाइल चलाएको बेलामा फोटो खिचेछन् ।' 

थकाइ लाग्याे भन्दैमा मेयरकाे कार्यकक्षलाई आराम कक्ष बनाउन मिल्ला र मेयरसाब भन्ने प्रश्नमा उनले भने, 'थकाइ लागेपनि कार्यकक्षमा सुत्न नहुने  हाे तर हामीबाट  गल्ति भयाे।' मेयरको कार्यकक्ष सानो  भएकाले पनि साे भएकाे उनले बताए  ।

तस्बीर कैद गर्ने व्यक्तिले आफूसँग मोटरसाइकलको तेलको कुपन ल्याएर पैसा मागिरहेकाे र पैसा नदिएपछि आफूलाई बदनाम गर्न  तस्बीर भाइरल गराएकाे उनकाे आराेप छ  । 'तेलकाे कुपन हेर्ने जिम्मेवारी अकाउन्टेन्टको हो । पैसा हामीले दिन मिल्दैन भनेपछी उनले फोटो खिचेर सामाजिक सञ्जालमा हालेका हुन्,’  उनले भने।