close

कमलामाई नगरले नियन्त्रणमा लियो, नदी उत्खननमा प्रयोग भएका औजार

कमलामाई नगरले नियन्त्रणमा लियो, नदी उत्खननमा प्रयोग भएका औजार

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका औजार नियन्त्रणमा लिएको छ । 

कमलामाई नगरपालिकाले मंगलबार नदी उत्खननमा प्रयोग भएका औजार नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । 

प्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा वडाध्यक्षसहित गएको टोलीले कमलामाई नगरपालिकामा वडा नम्बर १ मरिण खोलाको पुलको दायाँ बायाँ ५०० मिटरभित्र अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका एक्साभेटर–१, टिपर–२ र ट्याक्टर १ थान नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ । 

नियन्त्रणमा लिएका सबै उपकरण डाँढी प्रहरीचौकीलाई बुझाएको र आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।