close

आगामी ६ महिनामा महानगरको लक्ष्य पूरा गरिने

आगामी ६ महिनामा महानगरको लक्ष्य पूरा गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्य पूरा गर्न विगतका चुनौती र समस्या केलाउनु पर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताएका छन्। सहरी शासन र सेवा प्रवाह विषयको गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्

चालु आर्थिक बर्षका लागि महानगरले लिएका क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनमा आएको ६ महिना पूरा भइसकेको छ । अहिलेको अवस्था हेर्दा बाँकी ६ महिनामा लक्ष्य पूरा गर्न चुनौती छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘विगतमा देखिएका चुनौती र समस्या समाधानलाई सामुहिक दृष्टि बनाउनुपर्छ ।’ 

‘वडाबाट प्रवाहगरिने ८८ प्रकारका सेवामध्ये ३५ वटा शिफारिस र प्रमाणितमा केन्द्रीत छन् । बाँकी ५३ प्रकारका काम ओझेलमा परे जस्ता छन् । यो एउटा उदाहरण हो । यस्ता विषयलाई सुक्ष्म रुपमा हेर्न थालेपछि लक्ष्य पूरा गर्न सहज हुन्छ ।’, उनले भने। 

गोष्ठीमा सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले, महानगरका लक्ष्य र योजनालाई जनमैत्री कार्यान्वयनमा जोड दिनुपर्ने बताए। विगतमा देखिएका कमजोरी र समस्या केलाएर अबको छोटो अवधिमा लक्ष्य पूरा गराउनुपर्ने उनले बताए।

गोष्ठीमा अर्ध वार्षिक समीक्षाबाट देखिएका प्रगति र पूरा गर्न नसकिएका लक्ष्यको विश्लेषण हुने प्रशासन विभागका प्रमुख दिपक अधिकारीको भनाइ छ । 

मानव संशाधन विकास महाशाखाका प्रमुख गंगाधर गौत्तमका अनुसार गोष्ठीमा स्थानीय तहमा राजस्व परिचालन र सम्भावना र सेवाप्रवाह प्रणालीको समीक्षा र सुधारका उपायहरुसहित विभागीय प्रस्तुतिहरु रहनेछन् । यस्तै महानगरसँग जोडिएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्मेवारी, मूल्याङ्कन सूचकहरु र उपलब्धी लगायत विषयमा छलफल हुनेछ ।