close

धुलिखेलले मनायाे ३७ औं स्थापना दिवस

धुलिखेलले मनायाे ३७ औं स्थापना दिवस

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिकाले ३७ औं स्थापना दिवस मनाएको छ। नगरपालिकाले शुक्रबार धुलिखेल सभा हलमा स्थापना दिवस मनाएको हो। 

दिवसको अवसरमा संस्कृतिक झाकी सहितको र्यालीद्वारा नगर परिक्रमा गरिएकोका छ। परिक्रमाको क्रममा नगर प्रमुख अशोक ब्यान्जुले नगरपालिकाले निर्माण गरेको सपिङ्ग कम्प्लेक्स र साक्षरता स्तम्भको उद्घाटन गरेका छन् । 

नगर सभाहलमा भएको मूल समारोहमा नगरपालिका समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा विद्यालय लाई मानपदवी तथा प्रशंसा पत्रद्वारा सम्मान गरेको नगरपालिकाले जनाएको छ। 

स्थापना दिवसको अवसरमा पालिका भित्रका अनाथ बालबालिकाहरुलाई नगद सहयोग र सम्मान नगर प्रमुखले गरेका छन्।