close

स्थापना दिवस मनाउँदै रुपा

स्थापना दिवस मनाउँदै रुपा

Trulli
ADVERTISEMENT

कास्की। रुपा गाउँपालिकाले पालिकाको स्थापना दिवस मनाउने भएको छ । गाउँपालिकाले फागुन २३ गतेदेखि २७ गतेसम्म विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।

स्थापना दिवसमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगता लगायतका कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनको अनुसार स्थापना दिवसका अवसरमा  विगतका वर्षहरु झैँ गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने छ।

स्थापना दिवसको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने पालिकाले जनाएकाे छ।