close

केपिलासगढीमा १२ औं गाउँसभा सम्पन

केपिलासगढीमा १२ औं गाउँसभा सम्पन

Trulli
ADVERTISEMENT

खोटाङ । केपिलासगढी गाउँपालिकामा १२ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्ष समीर राईको सभाध्यक्षमा  १२ औं गाउँसभा सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार गाउँसभामा चालू आर्थिक २०७९/०८० मा सञ्चालित योजनाहरु तथा खर्चको समीक्षा गरेको जनाइएको छ ।  गाउसभा तथा पालिकाका अध्यक्ष राईका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म चालु तर्फ ४५ दशमलव ८ प्रतिशत र पुँजीगत तर्फ २२ दशमलव ७३ प्रतिशत रकम खर्च भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको माघ महिनासम्म ६७ दशमलव ८३ योजनाहरु सम्झौता गरिसकेको छ भने १० दशमलव ०५ प्रतिशत योजनाहरु फर्च्यौट भइसकेका छन।

गाउँपालिकाले माघ मसान्तसम्म प्रक्षेपित राजश्व मध्य ७४ दशमलव ४७ प्रतिशत राजश्व संकलन गरेको छ।