close

पालिका लोगो र गीत बनाउँदै तातोपानी सरकार

पालिका लोगो र गीत बनाउँदै तातोपानी सरकार

Trulli
ADVERTISEMENT

जुम्ला । तातोपानी गाउँपालिकाले पालिकाको लोगो र गीत बनाउने भएको छ । गाउँपालिकाले स्थानीय धार्मिक, साँस्कृतिक, भौगोलिक र प्राकृतिक महत्वपूर्ण झल्किने गरी पहिलो पटक पालिका गीत र लोगो बनाउन लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको लोगो र गीत निर्माण गर्नको लागि गत माघ १६ गते बसेको कार्यपालिका बैठकले निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पालिका लोगो र गीन बनाउन लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । 

उनले पालिकाको लोगो र गीत बनाउनका लागि सार्वजनिक सूचना प्रकासित गरेको बताए ।  पालिकाको उत्कृष्ट लोगोको डिजाइनर र गीत रचनाकारलाई गाउँपालिकाले पुरस्कृत गर्नुको साथै प्रयोगमा पनि ल्याइने उनले बताए । 

 गीत बनेसँगै पालिकाको हरेक कार्यक्रम तथा समारोहमा पालिकाको गान प्रयोगमा ल्याउने उनले बताए । लोगो बनेसँगै लेटरहेडमा एकातर्फ पालिकाको लोगो र अर्कोतर्फ सरकारको लोगो प्रयोग गरिने उनले बताए । उनका अनुसार हालसम्म पालिकाको लेटरहेडमा सरकारको मात्रै लागो प्रयोग हुँदै आएको छ ।