close

नगर गान बनाउँदै सूर्यविनायक

नगर गान बनाउँदै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर गान बनाउने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर गान बनाउने जनाएको हो । 

सूचना अनुसार नगरपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, ऐतिहासिक, धार्मिक र मौलिक विशेषता झल्कने गरी नगरगान बनाउन लागेको जनाएको छ । नगरपालिकाको अनुसार सो विशेषतालाई झल्कने नगर गान बनाउनका लागि अनुरोध गरिएको छ । 

४० देखि ६० शब्दको प्रयोग गरी नगर गान बनाउन सकिने नगरपालिकाले जनाएको छ । नगर गान रचना गरी सूचना प्रकासित भएको ३० दिनभित्र नगरपालिकाको इमेल ठेगानामा पठाउन सक्ने पालिकाले जनाएको छ । 

रचना भएकामध्ये उत्कृष्ट गानलाई नगरपालिकाले ५० हजारको रुपैयाँ नगदबाट पुरस्कृत गरिने नगरप्रमुख बासुदेव थापाले बताए ।  उत्कृष्ट गानलाई नगरपालिकाले प्रयोगमा ल्याउने उनले बताए ।